नेता पन्नालाल साहको पहलले बहुदरमाईमा निःशुल्क आँखा शिविर, ९४ जनामा मोतियाबिन्दु फेला

वीरगंज, ०४ मंसिर । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । राम प्यारी देवी महावीर साह सेवा ट्रष्ट र केँडिया आँखा अस्पतालको आयोजनामा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा रामनगरी र फूूलकौलका २६२ जनाको आँखा परीक्षण गरिएको हो ।

जसपा पर्साका जिल्ला सदस्य पन्नालाल साहको पहलमा श्री देवनन्दन देवराज नमुना माध्यमिक विद्यालय रामनगरीमा भएको शिविरमा ९४ जनामा मोतियाबिन्दु देखिएको छ । परीक्षण गरिएका मध्ये ४५ जना महिलालाई निःशुल्क चश्मा र १५५ जनालाई औषधी दिइएको छ । मोतिया बिन्दुको समस्या देखिएका बिरामीहरूको जिल्ला सदस्य साहकै पहलमा केडियाँ आँखा अस्पताल वीरगंजमा मंसिर ५ र ६ गते अप्रेशन हुने जनाइएको छ ।

 

शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने पुगेको स्थानीयले बताएका छन् । नेता साहले उद्घाटन गरेको शिविरमा केडियाँ आँखा अस्पतालका नेत्र अधिकृत रासदेव साह, नेत्र अधिकृत शिवशंकर प्रसाद, नेत्र सहायक अधिकृत राकेश गिरी लगायतकाले आँखा चेकजाँच गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको