विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या  १९ करोड नाघ्यो, १ करोड २८ लाखको उपचार हुँदै

एजेन्सी, ३ साउन । विश्वका धेरै देशहरू कोभिड–१९ ले आक्रान्त बनेका छन् । हालसम्म सबैभन्दा धेरै अमेरिकामा कोरोना संक्रतिको मृत्यु भएको छ ।

विश्वभर १९ करोड ७ लाख ९९ हजार कोरोना संक्रमितको संख्या पुगेको छ भने हालसम्म ४० लाख ९९ हजार १९४ जनाको मृत्यु भएको छ । त्यस्तै, १७ करोड ३८ लाख ५२ हजार ७६४ जना कोरोना संक्रमणमुक्त भएको वल्डोमिटरले जनाएको छ । यसैगरी, १ करोड २८ लाख ४७ हजार ५१४ जना संक्रमितको उपचार भइरहेको छ । ८० हजार ६३५ जना संक्रमितको संसारभर गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
शनिबार नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ६५ हजार ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबार २ हजार १ सय ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३० हजार ४ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको