चलचित्र “प्रेमगन्ज”को छायाङ्कन सम्पन्न

काठमाडौं, ३ मंसिर । निर्देशक परिच्छेद सेनको चलचित्र “प्रेमगन्ज”को सम्पूर्ण छायाङ्कन समाप्त भएको छ । गत वर्ष वैशाख देखि सुरु भएको चलचित्रको छायाङ्कन मंसिर १ गते समाप्त भएको हो । पहिलो लकडाउन सकिएसँगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोस्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्थगित भएको थियो ।

देशमा कोरोना महामारीले आक्रान्त बनेको बेला प्रदर्शन हुन लागेका चलचित्रहरू रोकिए । तर, प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राविधिक कलाकार काम विहीन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्‍यो । यो दोस्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राविधिक माथि दुईकरोड लगानी गर्‍यो । अर्थात् चलचित्रमा  दुई करोड लगानी भयो । यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राविधिकलाई राहत प्रदान गर्‍यो ।

छायाङ्कनमा मात्रै २ करोड लगानी भएको चलचित्र प्रेमगन्जको क्यामेरा रोल ७० दिन भएको थियो । लगभग दैनिक ज्ञ.ट मिनेटका दरले छायाङ्कन भएको थियो । चलचित्रको काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौं तथा भक्तपुरको नाला र पनौतीमा दृश्याकन भएको छ ।

बेनिशा हमाल ,तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको चलचित्र मार्फत राईडर प्रशान्त, सुपृया खनाल र सिम्रन खड्काले डेब्यु गर्दैछन । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाँल हुन ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको