सांग्रिला बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं, ३ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि १० वर्षे अवधिको जारी गरेको ऋणपत्र जारी बाँडफाँट तथा रकम फिर्ता गरेको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्र बाँडफाँट तथा नपरेको रकम फिर्ता गरेको हो ।

वार्षिक ब्याजदर ९ प्रतिशत रहेको यो ऋणपत्रको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७’ नाम दिएर जारी गर्न लागेको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । बैंकको अनुसार प्रतिइकाई १ हजार रुपैयाँ दरको कुल ऋणपत्र मध्ये ४ लाख ५० हजार कित्ता बैंकले व्यक्तिगत तवरबाट र ३ लाख कित्ता ऋणपत्र मध्ये १५ हजार कित्ता सामूहिक लगानीकोषको लागि र बाँकी रहेको सबै सर्वसाधारणको लागि बिक्री गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको