सुनको भाउ आज कतिले बढ्यो

काठमाडौं, २ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मूल्य आज २ सयले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । बुधबार प्रतितोला १२ सय ८० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य आज पनि सोही मूल्य कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको