सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ५०० रुपैयाँले बढेको सुनको मूल्य आज सोही मूल्यले घटेको हो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज सुनको मूल्य पनि १० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको