आज यी कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं, ३० कात्तिक । शेयर बजारमा ५ अर्ब बढीको शेयर कारोबार भएको छ । मंगलबार १७१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।

त्यस्तै, नेपाल बङ्गलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइ हाइड्रोपावर, अपर तामाकोशी, मैलुङ खोला जलविद्युत कम्पनीको आज शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो ।

यसैगरी, मानुषि लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत शेयर मूल्य वृद्धि भएको हो । आज १३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको