नेप्सेमा आज महालक्ष्मीको कारोबार उच्च

काठमाडौं, ३० कात्तिक । नेप्सेमा आज हरियाली छाएको छ । शेयरबजार ६९ अङ्कले बढ्दा ५ अर्ब बढीको शेयर कारोबार भएको हो ।

सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको शेयर कारोबार भएको छ । बैंकको आज ३७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी, अपि पावर कम्पनीको २३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज लुम्बिनी विकास बैंकको १८ करोड २४ लाख, नेपाल टेलिकमको १६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको