शुक्रबार ११ जेठ, २०८१

नेपाली समय

सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढ्यो

सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढ्यो

काठमाडौँ, २१ वैशाख । सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर एक लाख ११  हजार आठ सय कायम भएको छ ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ ।