बुधबार २० मंसिर, २०८०

नेपाली समय

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर सोमबारदेखि लिलामीमा

नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर सोमबारदेखि लिलामीमा

काठमाडौं, २८ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ७६ हजार ५० कित्ता शेयरमा असार ३० गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो ।

चैत्र ३१ गतेदेखि जेठ ३ गतेसम्म संस्थापकहरुलाई प्राथमिकता दिँदै ३५ दिनको सूचना जारी गरेको थियो । सो अवधिमा संस्थापकहरूबाट आवेदन नपरेपछि इच्छुक सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीको शेयर न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ तोकिएको हुनाले सो मूल्य वा सो भन्दा बढी अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ ।