हिन्दुधर्म परिवर्तन गरी मष्ठ धर्म लेखाउन सामाजिक सञ्जालहरूमा गरिएको प्रचारको खस क्षेत्री एकता समाज (आरज)द्वारा आपत्ति

काठमाडौँ, २७ कार्तिक। राष्ट्रिय जनगणना २०७८ कार्तिक २५ बाट सुरु भएको छ । यसै सन्दर्भमा खस जातिको नाम लिएर हिन्दुधर्म परिवर्तन गरी मष्ठ धर्म लेखाउन सामाजिक सञ्जालहरूमा गरिएको प्रचारका सम्बन्धमा खस क्षेत्री एकता समाज (आरज)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मष्ठ खसहरूको ऐतिहासिक मौलिक सनातन सांस्कृतिक परम्परा भएको र यो धर्म नभएको भन्दै खस क्षेत्री एकता समाज (आरज)ले ध्यानाकर्षण गराएको हो। सनातनी खसहरूको गौरवशाली इतिहास पश्चिम नेपालमा अझै पनि जीवितै रहेको र उत्पीडित खसहरूको पहिचान र अधिकारको सवालमा क्रियाशील खस क्षेत्री एकता समाज (आरज) नेपालको प्रचलित ऐन कानुन अनुसार खसहरूलाई आरक्षण, सूचीकरण, खसान प्राप्तिको सवालमा सधैँ सचेत रहेको विज्ञप्ति उल्लेख छ । खसहरू प्रकृतिमा विश्वास गर्ने ऐतिहासिक प्रकृति पूजक जाती रहेको र ढुङ्गेयुग हुँदै समाज विकासको चरण पार गर्दै आधुनिक युगमा खस समाज प्रवेश गरेको विज्ञप्तिमा भनिएको छ।

सु-सोभनिए बस्त्र लगाएर अत्याधुनिक बन्न खोजेको खसहरूको सन्ततिलाई इतिहाससँग प्रकृति मष्ठधर्म जोडेर नाङ्गो बनाउनु सोभनिय नहुने भन्दै आपत्ति जनाएको छ । सामाजिक सञ्जालमा गरिएका अपव्याख्या जस्तो हिन्दुधर्म मानेको कारण खसहरूलाई आरक्षण र सूचीकरण खसान भएन भन्नु गलत भएको आरजको भनाइ रहेको छ। खसहरूको अवस्था अनुसार  राज्यले गर्ने नीतिगत निर्णय भएको र वर्तमान अवस्थामा खसहरूले मानिआएको धर्म, संस्कृति, बोलीचालीको भाषा, लगायत गणकले सोधेका प्रश्नहरूको सही सत्य विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको