युनियन लाइफको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, २८ असार । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गते देखि बिक्री खुल्ला गरेको ६४ करोड बराबरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।  कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने लागेको हो ।

कम्पनीले नेपाल धितो पत्र बोर्डमा निवेदन दिएको केही दिनमा नै आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो । कुल कित्ता मध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि छुट्टाएको छ भने ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले हाल चुक्तापुँजीको ३० प्रतिशत शेयर बिक्री गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको