जसपा नेता हरिनारायण रौनियारको अग्रसरतामा पर्साको पोखरियामा कुस्ती आयोजना

वीरगंज, २३ कार्तिक। पर्साको पोखरियामा मंगलबार कुस्ती प्रतियोगिता आयोजना गरिएको छ। पर्सा क्षेत्र नं. ३ का सांसद तथा जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारको अग्रसरतामा सो प्रतियोगिता भएको हो ।

पोखरिया उच्च मा.वि.को प्राङ्गणमा भएको प्रतियोगिताको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले उत्घाटन गरेका हुन् ।प्रतियोगितामा नेपाल र भारतका पहलमानहरूले प्रतिस्पर्धा गरेका छन् । यस प्रकारका खेलहरुले तराई मधेशका शान बढाएको र कुस्ती खेलको माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटनको प्रबर्धन हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको