पीएसजीसँग् बर्डिएक्स पराजित

काठमाडौं, २१ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले बर्डिएक्समाथि जित निकालेको छ । शनिबार राति भएको रोमान्चक खेलमा पीएसजीले बर्डिएक्समाथि ३–२ को जित निकालेको हो ।

खेलको २६औँ मिनेटमा केलियन एम्बाप्पेको पासमा नेयमारको गोलमा पीएसजीले सुरुवाति अग्रता लिएको थियो । यस्तै, ४३औँ मिनेटमा एम्बाप्पेकै पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ६३औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता तेब्बर बनाए । साथै, खेलको ७८औँ मिनेटमा अल्बर्थ इलिसले गोल गर्दा खेल ३–१ को अवस्थामा पुगेको थियो ।

खेलको इन्जुरी समयमा बर्डिएक्सलाई मबेय नियाङले गोल गरे तर, टोलीलाई हारबाट जोगाउन सकेनन् । यस जितसँगै पीएसजी ३४ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने बर्डिएक्स १२ अङ्क सहित १६औँ स्थानमा रहेको छ । यस खेलमा पीएसजीका फवार्डर लियोनल मेस्सी चोटको कारण अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको