
धनकुटा, २ चैत धनकुटा । नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप । जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उहाँहरु बताउनुहुन्छ । तस्बिर: नारायणकुमार राई