“स्वच्छ ऊर्जा मार्फत उपभोक्ता सशक्तीकरण” नाराका साथ सचेतना कार्यक्रम सम्पन्न

गाईघट, १ चैत्र । विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भमा घरेलु तथा साना उद्योग कार्यालय, उदयपुरको आयोजनामा  “स्वच्छ ऊर्जा मार्फत उपभोक्ता सशक्तीकरण” नाराका साथ सचेतना कार्यक्रम सम्पन्न भएको छ । मिलन केन्द्रको सभाहलमा घरेलु तथा साना उद्योग कार्यालय, उदयपुरको आयोजना, खाद्य प्रविधि गुण तथा नियन्त्रण डिभिजन कार्यालय, उदयपुर र जिल्ला प्रशासन कार्यालय, उदयपुरको समन्वयमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको अध्यक्षता उदयपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गरेका थिए भने अन्तरक्रिया कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयको तर्फबाट कार्यालय प्रमुख नरेन्द्र पराजुलीले विश्व उपभोक्ता दिवसको सन्दर्भ तथा घरेलु तथा साना उद्योग कार्यालयले सम्पादन गर्ने कार्यहरूको बारेमा प्रस्तुति गरेका थिए ।

त्यसैगरी खाद्य सम्बन्धी विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख मेनस श्रेष्ठले प्रस्तुति दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको