यूथ फोर्स दापको खुकुरी हो भने हामी म्यानमा राखिएको तलवार हौँ: मनिष मान श्रेष्ठ,अखिल फोर्स

हेटौँडा, ०२ साउन । नेकपा एमाले निकट अनेरास्ववियूले गत बिहीबार माधव कुमार नेपाल निकट विद्यार्थीहरूले अखिल फोर्स गठन गरेको भन्दै उक्त अखिल फोर्स र मकवानपुर जिल्लाको अखिल फोर्स फरक-फरक रहेको अखिल फोर्सका प्रमुख मनिश मान श्रेष्ठले प्रष्ट परेका छन् ।  फोर्सले शुक्रवार एक विज्ञप्ति निकाल्दै उक्त कुरो प्रष्ट पारेको हो।

श्रेष्ठका अनुसार उक्त अखिल फोर्स माधव कुमार नेपालको निजी सुरक्षा (PERSONAL SECURITY) का लागि गठन गरेको अखिल फोर्सका संयोजकले बताएका छन् । उनका अनुसार, गत वर्ष २०७७ माघ १६ गते बृहत् कार्यकर्ता भेला सहित गठन भएको अखिल फोर्स मकवानपुरमा माधव कुमार नेपाल निकट गठित सङ्गठन नरहेको सम्बन्धित सम्पूर्णमा ध्यानाकर्षण गराएका छन् । अखिल फोर्ससंग आबद्ध रहेका कमरेडहरूलाई सङ्कोच वा दोधारमा नपर्न समेत आग्रह गरेका छन् ।

उनी भन्छन्, “हाम्रो नाम, सवारीसाधनको जाली नामसारी गरेजस्तो हैन, हामी त्यस्ता कार्य र गतिविधिको प्रतिवाद गर्न तयार छौ । साथै मकवानपुर जिल्ला भित्र अखिल फोर्सको नाममा कुनै गतिविधि नगर्न नगराउन खबरदारी समेत गरेको हो । कुनै गतिविधिहरू गरेमा सो सिलसिलाले उत्पन्न हुने गतिविधिको आफैले जिम्मेवारी लिन पर्ने चेतावनी दिन्छौँ । यूथ फोर्स दापको खुकुरी हो भने हामी म्यानमा राखिएको तलवार हौ, भौतिक मात्र हैन हामी कुनै पनि कारबाही गर्न पछि हट्ने छैनौ ।”

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको