
हिन्दू परम्परामा गाँसिएको पर्व होली,
शो यो अन्यायको विरोधको सूचक होली ।
आस्था प्रतिको प्रतिरोध प्रतिरूप होली,
खुसीले गुलाल रङ्गमा रमाउने दिन होली ।।
जब अन्तर्मन नाच्दछ तब खेलिन्छ होली,
असह्य वेदनामा हाँस्न कसरी सक्छ होली ।
सबैतिर अँध्यारो देख्छु कसरी मनाऊँ होली,
खुसीको दिन आएमा झुमेर मनाऊँला होली ।।
कोभिडले थलिएको विश्व कसरी हाँस्छ होली,
भासिएको अर्थतन्त्रमा कसरी नाच्छ होली ।
नेपाल आमा रोईरहिछन् “नमनाउ बाबू होली,
अगुवा कपुतले देश बिगारे नानी नखेल होली ।।
यी त रमाउने रहिछन् खेल्न पाए रगतको होली,
आफ्नो स्वार्थका लागि मात्र निकाल्ने बोली ।
मेरा सन्ततिले धरै दुःख पाए सुख पाउन् भोलि,
अमनचयन सुख शान्तिमा मात्र मनाउ होली।।”
व्यवस्था फेरिए बिचार फेरिएन कसरी हुन्छ होली,
जनताको लागि भन्ने शब्द मात्र झुक्याउने बोली ।
सधैँ उनको झगडा रैछ पद प्रतिष्ठा स्वार्थको लोली,
हाम्रो पनि गल्ती भयो कि हाल्यौ यिनैलाई होली ।।
व्यवसाय ठप्प छ घाटाले डुबेको कसरी हुन्छ होली,
दिनदिन खेल्दैछन् व्यवसायी आत्महत्याको होली ।
देशको सरकार मूकदर्शक खेल्दैछ सत्ताको होली,
मनमा अशान्ति छ बिन्ती यसबखत नमनाऊँ होली ।।
-हर्ष थापा ईमाडोल