मकवानपुर बहुमुखी क्याम्पसमा छात्रवृद्धि अनियमित र मनपरी ढङ्गबाट वितरण गरिएको भन्दै क्याम्पस प्रमुखलाई अनेरास्ववियूद्वारा ध्यानाकर्षण

मकवानपुर, ०७ कार्तिक। अनेरास्ववियूले मकवानपुर बहुमुखी क्याम्पस कमिटीले स्नातक तह चौथो वर्षको छात्रवृद्धि अनियमित तथा नियम विपरीत मनपरी ढङ्गबाट वितरण गरिएको भन्दै छात्रवृद्धि नियमानुसार वितरण गर्न गराउन क्याम्पस प्रमुख डा. शङ्कर प्र. उपाध्यायलाई ध्यानाकर्षण गराएको छ l

विभिन्न मितिहरूमा क्याम्पस कमिटीको तर्फबाट ज्ञापन-पत्र, ध्यानाकर्षण गराउँदा गराउँदै पनि मनपरी ढङ्गबाट छात्रवृद्धिको नामावली प्रकाशन गरेको भन्दै क्याम्पस प्रशासनलाई गल्ती सुधार गर्न र नियमानुसार छात्रवृद्धि उपलब्ध गराउन २४ घण्टाको अल्टिमेटम दिएको र समयभित्र काम कारबाही अगाडी नबढाए अनेरास्ववियूले कडा कदम अपनाउन पर्ने र सङ्घर्षको समयमा हुने सम्पूर्ण क्षतिको क्याम्पस प्रशासन स्वयमले जिम्मेवार रहने चेतावनी समेत दिएको जानकारी अनेरास्ववियू मकवानपुर बहुमुखी क्याम्पस कमिटी संयोजक आशिष रौनियारले जानकारी दिए l

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको