किस्पाङको नौ घडेरी ढुङ्गा

त्रिशूली, १२ फागुन । नुवाकोटको किस्पाङ गाँउपालिका–१ र २ मा पर्ने प्रसिद्ध ऐतिहासिक नौ घडेरी ढुङ्गा । उक्त ढुङ्गामा खम्पा विद्रोहीका नौ परिवारले घर बनाएर बसेकाले नौ घडेरी नामाकरण गरिएको हो ।

नुवाकोटको अधिकांश भूभागको अवलोकन गर्न सकिने यस ढुङ्गामा ‘रक क्लाइमिङ’ लगायतको माध्यमबाट पर्यटक प्रबर्धनको लागि प्रयोगमा ल्याउने किस्पाङ गाँउपालिकाको योजना छ । तस्बिर: रामहरि न्यौपाने

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको