
परासी, २८ असार । पूर्व उप-प्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले केपी ओली र विद्यादेवी भण्डारीका कदमका कारणले अहिले नेपालको सङ्घीय गणतन्त्र नै खतरामा परेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा पश्चिम नवलपरासीका जिल्ला सल्लाहकार तिलक सुवेदीका बुवा सालिकाराम सुवेदीको निधन भएको १२ दिनको पुन्य तिथिमा आयोजना गरेको शोक सभालाई सम्बोधन गदै नेता केसीले पाँच दलले संयुक्त मोर्चा बनाए सरकार विरुद्ध सडकमा उत्रिन थाले पछि बल्ल केपी हच्केका छन् र एमाले एकताको नाटक गर्दै छन् । नेपाली जनताले दिएको नेपालको ऐतिहासिक दुई तिहाइको सरकारले जनताको काम गर्नु भन्दा आफ्नो पार्टी भित्रको घर झगडा मिलाउन नसकेर संसद विघटन गर्ने काम गरेर केपी ओलीले ऐतिहासिक गल्ती गरेको बताए । संसद विघटनको जुन प्रतिगामी कदम प्रधानमन्त्रीले चाल्नु भयो गर्नु त्यस पछि अहिले देशमा विदेशी चलखेल बढेको केसीको भनाई छ ।
राष्ट्रप्रमुखको गलत कदमका कारण देशमा जनता द्वारा संघर्ष गरेर प्राप्त गरेका उपलब्धिहरू नै गुम्ने खतरा बढेर गएको उनले बताए । देश अहिले जटिल अवस्थामा पुगेका कारण नै पाँच जना पूर्व प्रधानमनित्रहरु, पूर्व न्यायाधीशहरुले संयुक्त रूपमा सरकारको कदमको विरोध गर्दै विज्ञप्ति निकालेका हुन ।
परम्परावादी कर्मकाण्डे संस्कार छाड्नु पर्ने भन्दै नेता केसीले शोक सभामा सम्बोधन गर्ने क्रममा पश्चिम नवलपरासीका राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार सुवेदीलाई अहिले बुवाको किरिया नगर्दा २५ वर्ष पहिलो आफूलाई बाग्लुंमा आमाको मृत्युमा परेको जस्तो सामाजिक अप्ठ्यारो परेको बताए ।
पश्चिम नवलपरासीका राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तिलक सुवेदीले आफ्ना बुबा सालिक राम सुवेदीको देहान्त पछि कर्मकाण्डे काममा कुनै वैज्ञानिक आधार नभएको भन्दै किरिया बस्नु भएको थिएन । यसै क्रममा तिलकका बुवाको मृत्यु भएको १२ औ दिनमा शोक सभाको आयोजना गरिएको थियो ।