
काठमाडौँ, १९ माघ । काभ्रेमा बसको ठक्करले ८ वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बस जलाइदिएका छन्।
आज दिउँसो बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद्ध नगरपालिका-७ स्थित २० किलो,भकुण्डेवेशीमा बालिकालाई ठक्कर दिएको थियो।
ठक्करबाट ८ वर्षीया बालिका दिविसा अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो।
निधन भएपछि आक्रेशित भीडले बा२ख ७३४२ नम्बरको बसमा आगजनी गरेका हुन्।