सुनचाँदीको आज कतिमा हुँदैछ कारोबार

काठमाडौं, १ साउन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँमा खरिद बिक्री भइरहेको संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको