
रौतहट, २ पौष । रौतहटमा गौर नगरपालिका वर्डा नम्बर ४ टिकुलिया टोलका युवाहरूले नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी) पार्टीले थ्रेसहोल्ड नकटाओस् भन्दै शंकर भगवानलाई भाकल गरेका थिए । भाकल पूरा भएपछि ५ किलो लड्डु चढाइएको छ।
नेपाल कम्युनिस्ट (एकीकृत समाजवादी) पार्टी माननीय क. माधव नेपाल नेतृत्वको पार्टीले थ्रेसहोल्ड कटाउन नसकुन् भन्दै रौतहट जिल्लाको सदरमुकाम गौर स्थित रहेको प्रसिद्ध बानेश्वर मन्दिरलाई युवाहरूले भाकल गरेका थिए।
प्रतिनिधि सभा २०७९ निर्वाचनमा समानुपातिक मत ३% नआएपछि नेकपा(एस) राष्ट्रिय पार्टी नहुने निश्चित भएपछि नेकपा एमालेका समर्थित गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया गाउँका सचिन साह लगायतका युवाहरूले भाकल पूरा भएपश्चात् महादेव पट्टि २ मा रहेको बानेश्वर बाबालाई ५ किलो लड्डु चढाई पूजा गरेका छन् । आज शनिवार बिहान पूजा गरी लड्डु र प्रसाद वितरण गरेको सचिन साहले बताएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एस)ले देशमा समानुपातिक मत खसेको १ करोड ५ लाख ६० हजार ८२मध्ये २ लाख ९८ हजार ३ सय ९१ मत ल्याएका थिए जुन मत परिणाम प्रतिशत २.८२ रहेको छ। राष्ट्रिय पार्टी बन्न संविधानको प्राबधान अनुसार देशमा मत खसेको कुलको मतदान सङ्ख्याको ३% समानुपातिक मत कटाउनु पर्ने व्यवस्था रहेको छ। जुन पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एस)का अध्यक्ष माननीय कमरेड माधव नेपालले समानुपातिक मत ३% पनि कटाउन नसके मनोकामना रौतहटको सदरमुकाम गौर स्थित रहेका प्रसिद्ध धार्मिक बानेश्वर बाबाले सुनी दिएपछि भगवानको पूजा गरी ५ किलो लड्डु चढाएको नेकपा एमाले युवा नेता सचिन साहले बताए ।
देश भरमा सात प्रदेश रहेको छ जसमा नेपाल कम्युनिस्ट पार्टी (एस) को प्रदेश अनुसार समानुपातिक मत यस प्रकार छन् । प्रदेश सभा प्रदेश नम्बर १ को जम्मा मतदान संख्या १८,९९, १४४ मध्ये नेकपा एस ५५,९५७ मतमा ०.१ प्रतिशत , प्रदेश सभा मधेश प्रदेश जम्मा २०,८६ ,२९८ मध्ये १,१३,९१५ मतमा ०.१ प्रतिशत, प्रदेश सभा बागमती प्रदेश जम्मा १९,७३,४७४ मध्ये ६९,८४६ मतमा ०.१ प्रतिशत ल्याएको छ।
त्यसैगरी, प्रदेश सभा गण्डकी प्रदेश जम्मा ९,८५ ,८०२ मध्ये १५,०७६ मतमा ०.१ प्रतिशत, प्रदेश सभा लुम्बिनी प्रदेश जम्मा १८,८७,०७८ मध्ये ४२,६२१ मतमा ०.१ प्रतिशत, प्रदेश सभा कर्णाली प्रदेश जम्मा ५,७७,८२९ मध्ये ३५,८२६ मतमा ६.३ प्रतिशत र प्रदेश सभा सुदूरपश्चिम प्रदेशमा जम्मा मत ८,९६,३९५ मध्ये ४३८१९ मतमा ४.९ प्रतिशत ल्याएको छ।