कोरोना संक्रमित बिरामीबाट डाक्टरमाथि हातपात, डाक्टरमाथि उपचार हुँदै

एजेन्सी, ३१ असार । भारतको महाराष्ट्र उपचाररत कोरोना संक्रमित बिरामीको आक्रमणबाट डाक्टर घाइते भएका छन् । आक्ररायगढ जिल्लाको अलीबाग स्थित सरकारी अस्पतालमा ५५ वर्षीय कोरोना संक्रमितले डाक्टरमाथि आक्रमण गरेका हुन् । कोभिड–१९ का बिरामीले सलाइन चढाउने स्ट्यण्डले डाक्टरलाई आक्रमण गरेका हुन् । डाक्टरले अक्सिजन मास्क नहटाउन बारम्बार भनेपछि बिरामी रिसाएर स्ट्यण्डले प्रहार गरेका थिए ।

घटना बुधवार बिहान अलिबाग सिविल अस्पतालको कोभिड–१९ वार्डमा भएको हो । प्रहरीको अनुसार बिरामीको प्रहारबाट डाक्टर स्वपनदीव थाले घाइते भएका छन् । उनको हाल अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।

आक्रमण गर्ने कोरोना संक्रमित बिरामीको पछिल्लो ४ दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । राउन्डमा आएका डाक्टरले उनलाई पटक–पटक अक्सिजन मास्क नहटाउन भनेपनि मानेनन् । उल्टै डाक्टरसँग रिसाए ।

प्रहरीको अनुसार डाक्टर कुर्सीमा बसिरहेको बेलामा बिरामीले पछाडिबाट आएर सलाइनको स्ट्यण्डले टाउकोमा प्रहार गरेका थिए । घाइते डाक्टरको सोही अस्पतालमा उपचार भइहरेको छ । ती बिरामीविरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको