नेपाल इन्भेष्टमेन्ट बैंक ‘नेपालको बेस्ट बैंक’ अवार्डबाट सम्मानित

काठमाडौं, ३१ असार । नेपाल इन्भेष्टमेन्ट बैंक ‘नेपालको बेस्ट बैंक’ अवार्डबाट सम्मानित भएको छ । बैंक युरो मनिद्वारा ‘नेपालको बेस्ट बैंक’ अवार्डबाट सम्मानित भएको छ । बैंकले दोस्रो पटक बैंकिङ्ग क्षेत्रमा निकै राम्रो मानिएको यस अवार्डबाट सम्मानित भएको जनाएको छ ।
१९९२ मा स्थापना गरिएको यस अवार्ड कार्यक्रम विश्व बैंकिङ्ग उद्योगमा सुरु गरिएको पहिलो अवार्ड हो । यस अवार्ड विश्वको १०० वटा देशहरूमा संचालन हुने गरेको छ ।
निकै राम्रो सेवा र व्यापारको कारण ‘बैंक अफ द इयर’ अवार्डबाट पाँच पटक सम्मानित यस बैंक २०१८ मा यस अवार्डबाट सम्मानित भइसकेको छ । बैंकले मुलुकभर रहेका ८६ शाखा कार्यालयहरू, १३१ एटिएम, १० वटा राजस्व संकलन काउण्टर एवं ५८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको