ताली बजाउने गर्नुहोस् यस्ता छन् फाइदा

एजेन्सी, ४ असोज । ताली एक्युप्रेशर विधिको एक रूप हो । ताली बजाउँदा धेरै फाइदा हुन्छन् । ताली बजाउँदा ब्लड प्रेसर पनि सामान्य अवस्थामा आउँछ । नियमित रूपमा ताली बजाउँदा धेरै रोग निको हुन्छन् ।

ताली बजाउँदा डिप्रेसन, टाउको दुख्ने, पेटमा ग्यास भरिने, मिर्गौला सम्बन्धी रोग जस्ता सबै समस्या हराउँछ । निरन्तर ताली बजाउँदा आत्मविश्वास पनि बढ्छ ।

यदि कसैलाई गम्भीर रोग छ भने सबै कुरा छाडेर ताली पिट्न सुरु गर्नुपर्ने जानकारहरू बत्ताउँछन् । ताली बजाउँदा कपाल झर्नबाट पनि जोगाउँछ । प्रत्येक दिन नुहाउनु भन्दा अगाडी हातले निधार र माथि रगड्दा कपाल झर्न रोकिन्छ । नुहाएपछि १५ मिनेट ताली बजाउँदा मोटोपना जस्ता धेरै समस्या कम हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको