जापानले जर्मनीलाई २–१ ले हरायो

दोहा, कतार, ७ मङ्सिर । बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चार पटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि जापानका खेलको ७५ औँ मिनेटमा रित्सु डोआन र ८३ औँ मिनेटमा ताकुमा असानोले गरेको गोलको मद्दतमा जापानले जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनी विश्वकप फुटबलको दाबेदारमध्येको एउटा टोली हो भने जापान एसियाको राम्रो भविष्य बोकेको उदीयमान समूह हो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको