आतङ्कवादीसँगको भिडन्तमा एक सैनिकको मृत्यु

इस्लामावाद, ७ मङ्सिर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबल र आतङ्ककारीहरुबीच भएको भिडन्तमा एक सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले मङ्गलबार राति प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

यस प्रान्तको दक्षिणी वजिरिस्तान जिल्लाको सररोगर क्षेत्रमा सेना र आतङ्ककारीहरूबीच गोली हानाहान भएको  सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्तिमा जानकारी दिएको छ ।

आफ्नै सेनाले प्रभावकारी रूपमा आतङ्ककारीको स्थानलाई संलग्न रहेको र गोलीबारीको तीव्र आदानप्रदानको क्रममा एक ३९ वर्षीया सिपाहीले आफ्नो ज्यान गुमाएका जनाएको छ ।

पाकिस्तानी सेना आतङ्कवादको खतरा हटाउन कटिबद्ध छ र ‘हाम्रा बहादुर सिपाहीहरूको बलिदानले हाम्रो सङ्कल्पलाई अझ बलियो बनाउँछ,’ सेनाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको