बिहीबार १४ मंसिर, २०८०

नेपाली समय

इराकी सेनाको हेलिकप्टर बगदादम दुर्घटनाग्रस्त

इराकी सेनाको हेलिकप्टर बगदादम दुर्घटनाग्रस्त

बग्दाद,  ६ मङ्सिर । इराकी सेनाको हेलिकप्टर प्राविधिक समस्याका कारण मङ्गलबार सलाहुदिन प्रान्तमा दुर्घटना हुँदा चालक दलका तीन सदस्य घाइते भएको रक्षा मन्त्रालयले जनाएको छ ।

राजधानी बग्दादबाट करिब १२० किलोमिटर उत्तरमा रहेको समरा शहर नजिकै हेलिकप्टरको आकस्मिक अवतरण गरिएको मन्त्रालयले जनाएको छ ।  घाइतेहरूलाई उपचारका लागि अस्पताल  पुर्याइएको छ ।

घटनाको प्राविधिक टोली घटनास्थलमा पठाएर अनुसन्धान थालिएको विज्ञप्तिमा उल्लेख छ ।