गर्भवतीको हेलिकप्टरबाट उद्धार

मान्म, ५ मङ्सिर । कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी हुन नसकेकी भट्टराईको उद्धार गरिएको हो । तीन दिन अघिदेखि सुत्केरी व्यथाले थलिएकी भट्टराईलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको