पश्चिम नवलपरासीको परासी कारागारमा ५७ जना कैदीबन्दी मतदान गरे

परासी, ४ मंसिर । पश्चिम नवलपरासीको जिल्ला कारागारका कैदीबन्दीलाई समानुपातिक मतदान गर्न व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत आज भइरहेको निर्वाचनमा कारागारमा कैदीबन्दीले समानुपातिक तर्फ मतदान गर्न व्यवस्था मिलाइएको हो ।

सोही अनुसार नवलपरासीको जिल्ला कारागारका कैन्दीबन्दीहरुले मतदान गरेका छन । कारागारमै निर्माण गरिएको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीहरुले मतदान गरेका हुन। कारागारमा अस्थायी मतदान केन्द्रमा ५७ जना कैन्दीबन्दीहरुले मतदान गरेको ५४ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । जसमध्ये ५४पुरुष र ३ महिला गरी ५७ जना कैदीबन्दीले मतदान गरेको प्रजिअ पोखरेलले जानकारी दिए । कारागारमा परासीमा कुल ४५४ जना कैदीबन्दी रहेका छन ।

तर ५७ जनाको मात्र मतदाता नामावलीमा नाम भएको ५७ जना कैदीबन्दीहरुले मात्र मतदान गर्न पाएका छन । विहान ढेड घण्टा भित्रै कैदीबन्दीले मतदान सम्पन्न भईसकेको प्रजिअ पोखरेलले बताए । कैदीबन्दीलाई बाहिर निकाल्न नमिल्ने भएकोले निर्वाचन आयोगले नै उनीहरूलाई कारागारमै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।

साँझ ५ बजेसम्म कर्मचारी र सुरक्षाकर्मीले उक्त केन्द्रमा मतदान गर्नेछन् । कैदीबन्दीलाई बाहिर निकाल्न नमिल्ने भएकोले निर्वाचन आयोगले नै उनीहरूलाई कारागारमै अस्थायी मतदान केन्द्रको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको