इलाम २ मा नेम्वाङ र खड्काद्वारा मतदान

मङ्गलबारे, ४ मङ्सिर । नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गर्नुभएको छ ।

संविधानसभाका अध्यक्षसमेत रहनुभएका उहाँले विहान ८ बजे इलाम नगरपालिका-७ स्थित मरब क्याम्पस मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

त्यसैगरी नेम्वाङका प्रतिस्पर्धी समेत रहनु भएका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले पनि सोही मतदान केन्द्रमा मतदान गर्नुभएको छ । खड्का पाँच दलीय गठबन्धनतर्फबाट उम्मेदवार हुनुहुन्छ । उहाँले विहान ७ बजे मतदान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको