साम्राज्यवादको आधुनिक अवतार एम.सी.सी.

आरम्भ,

एम.सी.सीका उपाध्यक्ष फतिमा सुमार नेपाल प्रवेशपूर्व शब्दमा उल्लेख नगरी नै सरकारले एम.सी.सीको विरुद्ध नबोल्न जङ्गेको शैलीमा उर्दी जारी गरेको थियो । तर साँचो सत्य बोल्न र लेख्न पाउने, जनाधिकारको पैरवी हैसियत मुताबिक गर्न पाउने, राष्ट्र र राष्ट्रियताको संरक्षण र संवर्द्धनको निम्ति दशौंपटक दुश्मनको कष्टडीमा पुगेर मृत्यु जितेर आएकाहरूले राष्ट्रमाथिको खुनी नङ्ग्रा कसरी स्वीकार्ने ? देश र जनताबाट लिनको निम्ति होइन, देश र जनतालाई दिन हिँडेको यो स्वाभिमानी मनले तिनको स्वार्थ केन्द्रित धम्की र डर धाकको सामू कसरी जुम्ले हात गर्न सक्थ्यो ? टाउकाको मूल्य तोक्दापनि खबरदारी गर्न नछोडेको यी औँलाहरू त्यही राष्ट्रघाती, देशघाती, जनघातीहरुको स्वार्थको सेरोफेरोमा गरिएको सौदामा किन मौनता साँध्ने भन्दा तीब्रताकासाथ खबरदारी गर्ने अधिकार राख्दछु । त्यसैले राष्ट्र, राष्ट्रियताको कसीमा एम.सी.सीलाई घोट्ने अनुमति चाहन्छु ।

साम्राज्यवाद हिजो र आज

समय गतिशील छ, परिवर्तन त्यसको कर्तव्य हो र दुनियाँलाई अग्रगतिमा डो¥याउनु प्रगतिशीलहरूको दायित्व हो । त्यसैले संसारमा भएको र गरेको, गर्नुपर्ने परिवर्तनकारी चेतनालाई गतिशील ढङ्गले बुझ्ने आजको मुख्य दायित्व हो, किनकि समाजको गतिलाई गतिको रूपमा नबुझ्ने र केवल जडको रूपमा मात्र बुझ्दा हामी द्वन्द्वात्मक भौतिकवादको होइन, आदर्शवादी अध्यात्मवादको सेवक बनिरहेका हुन्छौँ । भौतिकवादले सत्य तथ्यको आधारमा समाजको रूपान्तरण खोज्छ भने आदर्शवादी अध्यात्मवादले अदृश्य शक्ति उभ्याएर साँचो लुकाउने कुचेष्टा गर्छ । प्रकृतिको प्रगतिलाई दैवको लीला भन्छ, विज्ञानको खोज र प्रविधिको आविष्कारलाई ईश्वरकै वरदान भन्छ, मानवीय प्रगतिलाई समेत दैवको कृपा भन्दै दृश्य श्रमलाई अवमूल्यन गर्न अदृश्य शक्तिको भक्तिभावमा समाजलाई रुमल्लाउन खोज्छ । तर भौतिकवादीहरूले समाजको गतिशीलताको अध्ययन उनीहरूको अजस्तो आदर्शवादी कठमुल्लावादको कुतर्कद्वारा होइन, भौतिकवादी तर्कको विवेचना र सामाजिक अनुसन्धानबाट निष्कर्ष निकाल्दा सामाजिक रूपान्तरणको सूत्र सहज बन्छ ।

लेनिनले पूँजीवादको अन्तिम चरण साम्राज्यवाद भन्नुभयो, सिधा हेर्दा यति धेरै समय साम्राज्यवाद बाँचेको देखाएर लेनिनलाई झुट्टा साबित गर्न कोशिस गर्नेहरुपनि छन् । तर यो साम्राज्यवादको जीवन लम्बिनुमा साम्राज्यवादको लचकदार जीवनशैली र समाजवादले त्यसलाई निषेध गर्न नसक्नाकै कारणले हो भन्ने तथ्य बिर्सनु हुँदैन । भलै यसो हुनुमा समाजवादका आफ्नै कमजोरीहरू होलान् त्यसको विवेचना पछि गरौँला जसमाथि टेकेर साम्राज्यवादले आफ्नो जीर्णतामाथि कलात्मक टालटुल गर्ने मौका पाए, जसले साम्राज्यवाद आफूलाई पुनरताजगी गर्दै जीवित बनाइरहे ।

कुनैपनि वस्तुको जन्ममा त्यसको जैवीकरुपमा ऐतिहासिक प्रकृया पुरा गरेपछि बल्ल हुन्छ । त्यसैले त्यसको उत्पत्ति वा जन्मको अवस्थामा पूर्ण विकसित हुँदैन त्यसको अवयवहरूको विकास समयसँगै हुँदै जान्छ, कुनै अलौकिक दुनियाँबाट तमतयारी अवस्थामा खुसुक्क झर्दैन । त्यस्तै पूँजीवादको साम्राज्यवादमा रूपान्तरण पनि एक प्रकारले पूँजीवादकै विकासको रूप हो । साम्राज्यवादको जीवन धान्न आफ्नो प्रणालीगत विशेषताहरूमा समसामयिक रूपमा अनेकौँ प्रकारको संरचनागत रूपान्तरण गरेका छन् ।

लेनिन पूर्वको साम्राज्यवाद देश, राज्य वा भूगोल कब्जा गरेर आफ्नो हुकुम कायम गर्ने जमाना थियो । किनकि त्यतिखेरको उत्पादनको साधन कृषि, प्राकृतिक पैदावार र उत्खनन गर्न सजिलो खनिज पदार्थबाहेक अन्य थिएन । त्यसैले व्यक्ति धेरै धनी बन्न मलिलो फाँटहरूको जमिन हत्याउन हजारौँ हथकण्डा अपनाउने, राष्ट्र धनी बन्न वा शक्तिशाली बन्न ठूलो भूगोल, खनिजको भण्डार, पैदावारको अकुत क्षेत्र कब्जा गर्नु, ठूलो फौजको रचना गर्नु नै त्यतिखेरको शक्तिसम्पन्न राष्ट्रको परिचायक थियो, जसको लागि आफ्नो राज्यको विशालताको लागि उनीहरू राज्य कब्जाको लागि रगतको होली खेल्थे । जसको अन्तिम चरण पहिलो विश्वयुद्धले पूरा ग¥यो ।

लेनिन पश्चातको साम्राज्यवाद साना मझौला तथा कुटीर उद्योगहरूको विकासले सामानको उत्पादनमा नयाँ आयाम थप्यो, सामान्यतया बिजुलीको प्रयोगमा बहुआयामिकता थपिएर हस्त उत्पादित शिल्पवाट औद्योगिक उत्पादनमा समाजलाई मोड्यो । थोरै उत्पादन गरेर धेरै नाफा खाने मानसिकताबाट धेरै उत्पादन, धरै बजारीकरण गरेर नाफा बटुल्ने सामाजिक ज्ञान उत्पादन ग¥यो । जसले देश कब्जाको पुरानो चेतना तोडेर बजार कब्जाको नयाँ अवस्थामा आइपुग्यो ताकि उनीहरूसँग भएको बृहत् उद्योगको उत्पादन खपत गर्न सकियोस् । त्यसको पनि अन्तिम चरण दोस्रो विश्वयुद्धको रूपमा दुनियाँले भोगे ।

दोस्रो विश्वयुद्धपछिको साम्राज्यवाद अलि भिन्न र नयाँ रूपमा आयो । अव देश कब्जा वा बजार कब्जा भन्दा चेतना कब्जा गरेर आफ्नो हाल हुकुम कायम गर्ने नीतिमा पुग्यो । त्यसको लागि उनीहरूले अनेकौँ उपाय अपनाएका छन् । पहिलो कुरा पूँजीवादको थालनीदेखि उठेको मजदुर र पूँजीपति वर्ग बीचको सीमाहीन शत्रुतापूर्ण सम्बन्धलाई मैत्रीपूर्ण सम्बन्धको रूपमा ध्वंसात्मक संघर्षवाट सिर्जनात्मक संघर्षको रूपमा अवतरण गराउन महत्त्वपूर्ण योगदान पु¥यायो । त्यो बेलाको संघर्ष चाहे चार्टीस्ट आन्दोलनको कुरा गरौँ चाहे सिकागो संघर्षदेखि यहाँ सम्मका हजारौँ मजदुर आन्दोलनहरूको नै किन कुरा नगरौँ हरेक आन्दोलनमा मजदुर पूँजीपतिसंग सेवा सुविधा र वेतन माग्ने, पूँजीपति मजदुरसँग अधिक श्रम, सिप र सिर्जना माग्ने पृथक अपेक्षाका अनुरागी नै बन्दै आएको पाउँछौँ । तर दोस्रो विश्वयुद्ध पश्चात् पूँजीवादले आफूलाई परिमार्जित गरी उद्योगमा स्वामित्व एकाधिकार पूँजीको नगरी क्रमशः मूल शेयर बाहेक साना शेयर बाँड्न थाले जसले आज सानादेखि ठूला बैंकहरुको मात्र होइन, साना ठूला सबैखाले उद्योगहरूमा साधारण शेयर खुल्ला गरेका छन् जसमा सम्बन्धित मजदुरहरूको अधिकार सुनिश्चित गरी शेयर बाँड्न थालेको छ । जसको कारणले कम्पनीमा प्राप्त स्वामित्वको आत्म गौरवले मजदुर आन्दोलनमा बिश्वभरी नै बन्ध्याकरण ग¥यो । आज विगतको जस्तो अन्तर्राष्ट्रिय मजदुर आन्दोलन त के उठ्थ्यो, राष्ट्रिय स्तरको मजदुर आन्दोलन उठाउन पनि मुस्किल परिरहेको अवस्था हो । अझ हाम्रो जस्तो बृहत् उद्योगविहीन देशहरूमा त मजदुर दिवसमा उत्सव मनाउन समेत सानातिना कारखानाहरूका श्रमिकहरू अनिच्छुक बन्दीको रूपमा कारखानाबाट अपहरण शैलीमा मजदुर उठाउनुपर्ने बाध्यता सबैको सामू हाजिर छ ।

दोस्रो कुरा पूँजीवादको विकासको मार्गमा सबैभन्दा ठूलो समस्या बजार बिस्तारको थियो । किनकि दोस्रो विश्वयुद्धको विनाशकारी अवसान पश्चात् दुनियाँले नयाँ अवधारणा जन्मायो, समाजवादी खेमाले मानिसहरूको चेतना कब्जा गर्न विश्वभरि पुस्तक बाँड्न थाल्यो, भने पूँजीवादी खेमाले एन.जी.ओ, आई.एन.जी.ओहरु बनाएर विपन्न देशहरूमा पैसा बाँड्न थाल्यो त्यसको चरमोत्कर्षमा ग्याट महासन्धि, बिश्वबैंकको भूमिकामा बढोत्तरी, ग्लास्तनोष्ट र पेरेस्त्रोइकाको नाममा आएको खुल्ला बजार अर्थतन्त्र नीति, संयुक्त राष्ट्रसंघको नीति निर्देशनमा सयौँ देशहरूसँग भएका हजारौँ सन्धि सम्झौताहरू, आदिले देश कब्जा र बजार कब्जाको नरसंहारको नीतिबाट नयाँरुपमा विश्व पूँजीवादले पाइला चाल्दै साना, कमजोर तथा निरीह देशहरूका सरकारलाई कठपुतली सरकारको रूपमा राख्ने, र नागरिकहरूलाई स्वनिर्भर नभई परनिरर्भर बन्नमा अभ्यस्त बनाउँदै जाने नीति लियो । यसले साना तथा कमजोर देशहरूको सरकार प्राय अस्थिर बनाइराख्ने र नागरिकमा रहेको परनिर्भर चेतना गुलाम मानसिकतामा बदल्ने नीति लिँदै गयो यसैको अन्तिम स्वरूप समाजवादी खेमाको तर्फबाट बि.आर.आई र ओबी.ओ.आर हो भने पूँजीवादी खेमाबाट आई.पी.एस र एम.सी.सी हो । यी नीतिहरूमा शक्ति राष्ट्रहरूले सहयोग गरेको बहानामा त्यहाँको श्रोत साधन र बजारमाथि अन्तहीन आधिपत्य जनाइराख्न सफल बन्न सकियोस् ।

तेस्रो कुरा पूँजीवादीहरुले आफ्नो बजार बिस्तारको क्रममा हुने अन्तर्देशीय मनमुटाबलाई अन्त्य गर्न भिटो राष्ट्रहरूको परिकल्पना, उनीहरुबीचमा अन्तर्देशीय लगानी गर्ने आई.एम.एफको जन्म, ग्याट महासन्धि, आदिको सार्थक प्रयोगले शक्तिराष्ट्रहरु बीचमा बाँडिचुँडी खाने मेसो जुट्यो । जस्तो सामसुङ्ग मोबाइल दक्षिण कोरियामा बन्छ, त्यसको चिप्सहरू अमेरिकामा बन्छ, त्यसको बट्टा, खोल, र स्क्रिनहरू ताइवानमा बन्छ, त्यसको सफ्टवयरहरु जापान र अमेरिकामा बन्छ । यसरी उनीहरूको अन्तर्देशीय बैमनस्यताको निकास खोजे । कमजोर राष्ट्रहरू उनीहरूको लुटखसौटको तिलस्मी खजाना बन्दै गयो । जहाँ-जहाँ साम्राज्यवादी स्वार्थको खिलाफमा मझौला वा उग्रता प्रस्तुत गरियो ती ठाउँहरू अन्य राष्ट्रहरूलाई तर्साउन समेत काम लाग्नेगरी ध्वस्त नै बनाउने साम्राज्यवादी फौजी, अर्थ राजनीति रह्यो । जसले पछिल्लो चरणमा इजरायल, प्यालेस्टाईन, टर्की सिरिया, प्यालेष्टाईन, इराक, इरान, अफगानिस्तान लगायत देशहरू ध्वस्त बनायो, विश्वका ठूला ठूला राजनेताहरू अमेरिकी योजनामा कुनै फाँसी चढाइए, कुनैलाई आत्मघाती पठाएर सिध्याए, अथवा कुनै तिकडममा फसाएर सिध्याए ।

अर्को कुरा, जब १५ औँ शत्ताब्दीतिर स्पेन पोर्चुगल र केही सामुद्रिक तटबन्धीय मूलकुकहरुले अफ्रिका लगायतका मुलुकहरूबाट ल्याइएका बहुमूल्य धातुहरू लुट्न सामुद्रिक डाँकुहरू खटाउँथे त्यतिखेर त्यो नै सबैभन्दा ठूलो ठूलो सफलता हुन्थ्यो उनीहरूको…! जब क्रिष्टफर कोलम्बसले अमेरिका पत्ता लगायो र रेड इन्डियन र आदिवासीहरूलाई कज्याएर त्यहाँका उर्वर भूमिबाट प्राप्त फसलहरुमाथि आधिपत्य जमाउन सिके तबदेखि उनीहरू मानिसहरूलाई कज्याएर दास बनाउने अथवा राज्यहरूलाई उपनिवेश बनाउन सक्नुमा आफ्नो बहादुरी सम्झन थाले । त्यसपछि जब अठारौँ शताब्दीको अन्त्यसम्ममा आइपुगे तब मजदुरहरूको श्रममाथि अधिक शोषणद्वारा माल उत्पादन र उक्त मालको बजारीकरण गरी अधिक नाफा कमाउने विधिलाई अधिक सफलता मान्न थालियो । त्यसैको लागि श्रोत कब्जा, साधन कब्जा, श्रम कब्जा आदि गर्न थाले । त्यस्तै जब समाजवादी अभियानले प्रारम्भ ग¥यो तबदेखि पूँजीवादी ध्रुवहरू खासगरी अमेरिका, बेलायत, फ्रान्स, जापान जस्ता देशहरूले आफ्ना औद्योगिक क्षमता प्रदर्शन गरेर संसारबाट नाफा बटुले । उनीहरूले प्रत्यक्ष बजार बनाउन नसकेको अवस्थामा क्षेत्रीय प्रभुत्व कायम गराउने शक्तिहरूलाई आड भरोसा दिए, जस्तै नेपालको लागि हिन्दुस्थान, कमजोर अफ्रिकी देशहरूका लागि अल्जेरिया, मोजाम्बिक, नामिबियालेपनि आ–आफ्ना वरपरका भूपरिवेष्टित देशहरूमाथि अन्याय अत्याचार गरिरहेका छन् , जस्तै अल्जेरियाले माला, नाइजेरिया, लिबियामाथि व्यापार पारवहन लगायत अन्य कैयौँ विषयमा आफ्नो अनुकूल निर्णय गराउने गरेका छन् भने आफ्नो अनुकूल निर्णय नहुँदा सत्ता उलटपलटमा साथ दिँदै सरकारलाई अस्थिर बनाउन भूमिका निर्वाह गरिरहेका छन् । त्यस्तै मोजाम्बिकले नामिबिया, जाम्बिया, र माल्विमाथि आफ्नो अनुकूलतामा निर्णय गराउन साम दाम दण्ड भेद नीतिको अवलम्बन गरिरहेका छन् ।

युरोपमा पनि त्यस्ता देशहरू छन् जसले अन्य आफ्ना छिमेकीमाथि थिचोमिचो गर्दै आफ्नो स्वार्थको घडा भर्दै आएका छन् तर युरोप जहाँ चौधौँ वा पन्ध्रौँ शताब्दीदेखि नै अन्य देशबाट श्रोत र साधन लुट्ने वा साम्राज्य लाद्ने पेसाको थालनी गरेको कारणले उनीहरू एकसे एक जाली झेली र बाठो राज्यहरू भएकोले एशिया र अफ्रिकामा जस्तो अधिक शोषण गर्न नसकेपनि मौका पाउने बित्तिकै थोरबहुत स्वार्थ सिद्ध गर्ने गरेका छन् ।

यथार्थको कसीमा राष्ट्रवाद एक चर्चा:

सामन्तवाद र त्यसका आसेपासे पुरातन समाजले नेपाली राजनीतिमा विगत लामो समयदेखि राष्ट्रवाद एउटा बिकाउ नारा साबित गराए । काम गर्ने कालु मकै खाने भालु गर्ने समाजले खासगरी टनकपुर, महाकाली, कोशी, कर्णालीमा राष्ट्रघात गरेका, देशको उद्योगधन्दा बेचेर देशवासीलाई विदेशी गुलाम बनाउन भूमिका निर्वाह गर्नेहरूले मुखले रामराम भन्दै नेपालीको स्वाधीनताको गला रेट्न पटक-पटक उराल्ने नक्कली नारा बनाएका छन् राष्ट्रवादलाई । देशको धरातलीय यथार्थ मुताबिक जाति जनजातिबिचको अधिकारको प्रत्यायोजनमा आधारभूत समानता ल्याई भावनात्मक एकता कायम गराउने, भाषा संस्कृति, कलाको पुरातनको विरासतलाई त्यसको ऐतिहासिकताको संरक्षणमा भूमिका निर्वाह गर्नेलाई, राष्ट्रिय स्वाधीनता जोगाउँदै समृद्ध नयाँ नेपालको मूर्त योजना बनाउनेलाई, जनअधिकारको रक्षा गर्दै मित्रराष्ट्रहरुसंग सन्तुलित र समतामूलक व्यवहार गर्न कुशल कूटनीतिको योजना बुन्नेलाई धित मरुन्जेल बेतुकको गाली गर्ने साधन बनेको छ राष्ट्रवाद । यद्यपी राष्ट्रिप्रेमको ममताभाव दर्शाउँदै प्रयोग गरिएको पवित्र शब्दलाई उनीहरूको कथित स्वार्थी प्रपञ्चले धेरै समय अपवित्र त बनाउन नसक्ला तर बैँसको छोरो गतिलो हुने सामाजिक यथार्थ बुझेकाले समयलाई खेर नफालौँ ! कुरा यत्ति…

हुन त संसारमा राष्ट्रवादलाई सङ्कीर्णताको परिचायक मान्दछन् । जातीय सङ्कीर्णता, भाषा संस्कृतिको सङ्कीर्णता, समुदाय वा क्षेत्रीयताको सङ्कीर्णता प्रदर्शन गर्ने सजिलो शब्दलाई राष्ट्रवाद भनिन्छ । तर यहाँ राज्यको शक्तिलाई क्षीण गर्न हर तरहले सघाउनेहरुलेनै भौगोलिक सीमा सहितको जातिभाष संस्कृति आदि सबैलाई समेट्ने सामूहिक शब्द राष्ट्रियताको पर्यायको रूपमा राष्ट्रवादलाई परिभाषित गरिरहेका छन् । तर राष्ट्रियता पराधीनताको विकल्प र स्वाधीनता हो १ राष्ट्रियता एकाध करोडपति र अधिकांश रोडपति नभई समतामूलक समृद्धि हो ! राष्ट्रियता परनिर्भर मगन्ते संस्कृतियुक्त दान र भिक्षाको अर्थव्यवस्थाको विकल्पमा आत्मनिर्भर अर्थतन्त्र हो !राष्ट्रियता सत्तामा छउन्जेल छिमेकीसँग गुलामी गर्दै सत्ताबाट झरेपछि उत्तेजक ढङ्गले लगाउने नाराको चटके नाटक नभई संसारभरका मित्रराष्ट्रहरुसंग सद्भावपूर्ण समानताको आधारमा व्यवहार र दुई छिमेकीसँग समदूरीको आधारमा विषयगत सवालहरूको आधारमा प्रस्तुति नै राष्ट्रियता हो भन्ने सवाल नेपालीले बुझ्न साँच्चै कठिन भइरहेको छ ।

एकतामा शक्ति नदेख्ने, शक्तिमा सामर्थ्य नदेख्ने, सामर्थ्यमा नवनिर्माणको मौलिक नेपाल नदेख्ने सङ्कीर्णता बोकेका नश्लवादीहरुकै कारणले आज देशले न एकता पायो, नत शक्ति, नत सामर्थ्य र न त नवनिर्माणले सिँगारिएको नयाँ नेपाल नै…! मात्र भ्रष्टाचार, अराजकता र नीतिविहिनताको दलदलको पुरातन राष्ट्रिय अस्थिपञ्जर…

राष्ट्रघातमा दोषी को ? नेता, नीति वा समाज ?

विगत ७० वर्षको लोकतान्त्रिक आन्दोलनमा पनि “राष्ट्रवाद” अविच्छिन्न र अपरिहार्य नारा बन्दै आयो तर राष्ट्रवादको कुँजी के हो ? मर्म के हो ? र के गर्दा राष्ट्रवाद जोगिन्छ ? भन्नेमा सधैँ नेता कार्यकर्ता र पार्टीहरूले जनतालाई गुमराहामा पर्दै आए । आफू सत्तामा बस्दा राष्ट्रहित देखेको कुरा सत्ताबाट खुस्कने बित्तिकै राष्ट्रघात भनी नारा उराल्ने परम्पराले राष्ट्रवादको असली गुदीको भेउ पाउनै मुस्किल भएको छ ।

राष्ट्रवादको परिभाषा अग्रगामीहरूले देशको आन्तरिक शक्ति मजबुत बनाएर वैदेशिक शक्तिको तुलनायोग्य बनाउँदै संसारमा आफ्नो मौलिक पहिचान दिनुलाई असली राष्ट्रियताको परिचायक बताउँदै आए । तर प्रतिगामीहरू आफ्नो अनुकूल कहिल्यै सीमामा केन्द्रित कहिल्यै विभिन्न सम्झौता केन्द्रित, कहिल्यै कपोलकल्पित आरोप केन्द्रित गरी राष्ट्रियताको पहिचान खोजिरहेका छन् । कति सम्म गैर जिम्मेवार तर्क गर्छन् भने जाती भाषा, संस्कृतिको अधिकार रक्षाको अभियानलाई समेत अराष्ट्रिय भन्न पछि पर्दैनन् । महान् बलिदान र जुगौंको योगदानबाट प्राप्त धर्मनिरपेक्षतालाई समेत अराष्ट्रिय घोषित गर्दै कलुषित राष्ट्रवादको खेती गरिरहेका छन् । कतिपय त कार्यनीतिक रूपमा बोलिएको सामान्य शब्दहरूलाई समेत अतिरञ्जित बनाएर एक अर्कालाई गाली गर्न सक्नुमा अथवा इतर पक्षलाई सराप्न सक्नुमा राष्ट्रवादको बहादुरी पस्केको महशुस गरिरहेका छन् । जसले राष्ट्रवादको असली रुमलाई बिरुपिकरण गर्दै देश र जनतालाई गुमराहमा राख्न ठूलो भूमिका खेलिरहेको छ ।

राष्ट्र, राष्ट्रियता र लोकतन्त्र यो शब्दमा भिन्न देखिए पनि एक अर्कासँग जोडिएको र एक अर्काको समीपमा रहेरैमात्र सार्थकता पाउने छिमेकी शब्दहरू हुन् यिनीहरू । तर मौकावादी नेताहरूले आफ्नो अनुकूल बोली र व्यवहार देखाउनाले यी शब्द नितान्त अनचिनारु पराया शब्दजस्तो देखिन थालेका छन् । वास्तवमा राष्ट्रियता जोगाउन, देशको आन्तरिक एकता, देशको बाल–वृद्ध–युवा समुदायको उपर्युक्त व्यावस्थापनद्धारा आउने उद्भूत उर्जाद्धारामात्र सकिन्छ । तर राज्यको मूल धारमा आउन नसकेको उत्पीडितहरूको कुरा उनठाउनेबित्तिकै वा अल्पसंख्यक सीमान्तकृत समुदायको अधिकारको निम्ति सिन्को मात्रै भाँचेपनि राष्ट्रियतामाथि धावा बोलेको आरोपित गर्दै विभेदको खाडल झन् फराकिलो बनाउने उद्योगमा लागिरहेका छन् । खासगरि थारु–मधेसी, जनजाति र अल्पसङ्ख्यकहरूलाई नेपाली नमान्ने केवल ब्राह्मण क्षेत्रीहरूलाई मात्र नेपाली मान्ने उनीहरूले प्रयोग गर्ने चाल चलन, बानी व्यवहारलाई मात्र नेपाली मान्ने, उनीहरूले अपनाउने संस्कृतिलाई मात्र नेपाली संस्कृति मान्ने नितान्त सङ्कीर्ण पहाडिया जातीय नश्लवादलाई मात्र नेपाली मान्ने राजनीति हाबी भएकै कारणले नेपाली राष्ट्रियता झन् पछि झन् संकटमा पर्दै गएको यथार्थ बुझ्न असहज छैन ।

सुगौली सन्धि पछिको दुई सय वर्ष कुनै न कुनै रूपमा नेपालले दक्षिणी छिमेकीबाट दुख झेल्दै आएको छ, एक अर्थमा उनले थिचेकोमा मिचेकोमा रुन्चे गुनासो पोख्दै आएपनि जवाफी हमलाको निम्ति आफूसँग सामर्थ्य शून्य भएकैले निरीह दयाभिक्षुक बन्दै आएको छ । किनकि यहाँका नागरिकहरू साँचो सत्यआश्रीत राजनीतिमा होइन झुट्टा फरेव र जालसाजीपूर्ण राजनीतिमा विश्वास गर्ने संस्कार बोकेको छ । श्रम सिप कला कौशलमा कमाइको मुहान नदेख्ने, जालझेलको माध्यम, दान दक्षिणा र भिक्षामा पाइएको श्रोतलाई सम्पत्ति बनाउने संस्कारले हामीलाई सत्य आधारित राजनीति होइन शक्ति आश्रित राजनीति गर्न प्रेरित गरिरह्यो । त्यसैले खासगरि काँग्रेस एमालेलाई राष्ट्रवादी र माओवादी आन्दोलन जसले देश र जनतालाई स्वाधीनताको पथ देखायो, सबल सक्षम बन्ने मार्गमा डो¥यायो त्यसैलाई हुँदोनहुँदो आरोप खोत्याउँदै सराप्दै आफू राष्ट्रवादी बन्ने सकुनी चाल नेपाली नागरिकले सहजै स्वीकार¥यो । यही नै हालको राष्ट्रिय पराधीनताको जड हो ! विभिन्न प्रकारको राष्ट्रघातको मुहान हो ।

क्रान्तिकारीहरूमाथिको आरोपको ओइराले कतै प्रतिगामीहरूले नाफा बटुल्दैन?

क्रान्तिकारीहरूलाई झुट र फरेवले भरिएको आरोपलाई स्वीकार्दै साँच्चिकै अपराधीहरूलाई सत्ताको लगाम समात्ने स्थानमा पु¥याउने र उनीहरूको अपराधको प्रतिफललाई व्यवस्थाको असफलताको रूपमा परिभाषित गर्ने पद्धतिले नेपाली राजनीति झन् पछि झन् भुमरीमा रुमल्लिँदै गएको छ ।

अमेरिकी अधिकारीहरू भन्छन् एमसीसी अनुदान होइन, लगानी हो, तर हाम्रा नेताहरू “अनुदान हो, सहयोग हो !” भनी मतदाता ढाँट्नमा व्यस्त छन् । एनसेल देखि सैयौं संस्थान र कम्पनीहरूको खर्बौँ राजस्व तथा बक्यौता रकम उठाउन बाँकी छ, त्यतातिर कुनै कदम नचलाउनेहरुले एमसीसीमार्फत आउने जम्मा ५६ अर्बलाई पूरै देशको आधार जस्तो गरेर किन व्याख्या गरिरहेका छन् ? मानौँ ५६ अर्ब नआएमा देशको मेरुदण्ड नै भाँचिनेजस्तो व्याख्या भित्रको कूनियत कहिले बुझ्ने होला नेपालीले ?

अमेरिकी अधिकारीहरू प्रष्टै भनिरहेका छन् एमसीसी इन्डो प्यासेफिक इस्ट्राटेजीको अङ्ग हो, हाम्रा नेताहरू यसको अङ्ग नभएको भनेर किन सत्यता छोपिरहेका छन् ?
संसारका कुनै पनि दानीले दान दिनको निम्ति कसैमाथि दबाब दिँदैनन् तर एमसीसीको सवालमा देशी विदेशी चारैतिरबाट दबाब आइरहेको छ । मैले दिएको दान नलिएमा म यस्तो गर्छु त्यस्तो गर्छु भनी कसैले भन्छ भने त्यसको अर्थ के लाग्छ ?

बौद्धिक सम्पत्तिमाथिको स्वामित्व उनको हुने, एमसीसीको नाममा लगानी भएपछि कर नलाग्ने, अनुगमन नेपाली कन्सल्टेन्सीले गर्न नपाउने, एमसीसीको विविध प्रावधानहरुसंग देशको कुनै कानून वा ऐन मात्र होइन संविधान नै बाझिएमा पनि बाझिएको हदसम्म नेपाली ऐन कानून र संविधान खारेज हुने जस्ता अनेकौँ प्रावधानहरू त्यसमा राखिएका छन् जसले नेपाली स्वाधीनता सदाकोलागि खोसिन सक्छ ।

हाम्रा नेताहरूले एमसीसीलाई एकातिर कम्पनीको कारोबारको रूपमा व्याख्या गर्छन्, अर्कोतिर अनुदान, सहयोग वा अन्य त्यस्तै शब्द प्रयोग गर्दै संसदबाट अनुमोदन गराउनुपर्ने कुरा गर्छन् । हाल देशमा सैयौं देशहरूबाट हजारौँ कम्पनीहरूमार्फत अरबौँ वैदेशिक लगानीहरू चलिरहेका छन् जसमध्ये भारत र चीनको सबैभन्दा अधिक छन् तिनीहरू कुनै पनि संसदबाट अनुमोदन भएको छैन तर एमसीसीको मामलामा संसदबाट अनुमोदन नभएमा देश डुब्ने, अमेरिकासंग सबैप्रकारको सम्बन्ध बिग्रने चेतावनी दिइरहेका छन्, यसको मतलब निकालौँ ।

यदि कम्पनी हो भने कम्पनी स्तरमै सम्झौताको मस्यौदा गरौँ कम्पनी होइन र नगरेमा देश डुब्छ भन्ने लाग्छ भने अमेरिकी जोन वाईडेन र हाम्रो सम्माननीय राष्ट्रपति को बीचमा समानतापूर्वक सद्भावको हैसियत कायम हुनेगरि सम्झौता गरौँ ।

त्यसैले यी नै आधारहरूमा एमसीसी राष्ट्रहितमा नभएको यथार्थ हाम्रो सामु भएर पनि नेपाली नेताहरू दुई अवस्थामा यसलाई गिजोलिरहेका छन् । काँग्रेस र एमाले खासगरी २०४६ देखि नै आफ्नो बलबुतामा होइन अर्काको दान र भिक्षाबाट प्राप्त हड्डी चुस्न बानी परेको हुँदा उनीहरूलाई राष्ट्रहित वा राष्ट्रघातको कुनै सरोकार छैन, मात्र आफ्नो भागमा कमिसनको चोचोमोचो मिले पुग्छ । विभिन्न कल कारखाना बेचेर उत्पादन घटाउँदै श्रमिक निर्यात गरेर रेमिटेन्समाथि पनि तलब भत्ता मात्र नभई विभिन्न शीर्षकमा भ्रष्टाचार गर्न पाउनुमा मस्त छन् ।

जहाँसम्म माओवादी र जसपाको कुरा छ, त्यहाँ प्रचण्ड र डा. बाबुरामलाई भित्तो पुग्नेगरी थर्काएका छन् त्यसका केही दृश्यहरू हेरौँ । पहिलोस् तत्कालीन नेकपा का अध्यक्ष क. प्रचण्ड आफ्नो पत्नी सिता दाहालको महत्त्वपूर्ण अपरेसनको निम्ति २०१९ अप्रिलमा अमेरिका मेरिल्याण्डको जोन्स हकिंग्स अस्पतालमा कुरिरहेका थिए । जब बाल्टीमोरमा काम गर्ने एकजना तिलक श्रेष्ठ भन्ने इन्जिनीयरको नाममा अमेरिकी अदालतमा निवेदन पु¥याइयो किः “प्रचण्ड एउटा अपराधी हो उनले नेपालमा लाखौँ मानिसहरू मारेर पनि नेपालको शक्तिमा कायम भएकोले उनलाई नेपालको कानूनले कारवाही गर्न सक्दैन त्यसैले यहाँ आएको बेलामा संयुक्त राष्ट्रसंघको कानून अनुसार यतै गिरफ्तारलाई लिएर कारबाही गरियोस् !”

संयोगले प्रचण्डप्रतिको विश्व जनमतको कदर गर्दै त्यहाँको सिनेटले “नो अब्जेक्सन लेटर” नदिएको भए प्रचण्ड त्यहीँ गिरफ्तार पर्ने थिए र देशको अग्रगामी अभियानको अभिभारा पुरै अधुरो रहने थियो । एमसीसी प्रकरणमा उठेको बहसमा पहिलो धम्की थियो यो ।

दोश्रोः लेनिन विष्ट भन्ने केटोलाई देशका तमाम प्रतिकृयावादीहरुको जालझेलबाट करिब ६ महिना मानवअधिकारको रक्षाको निम्ति प्रचण्डलाई हेगमा पु¥याउने अभियानमा पठाइयो । एमसीसी प्रकरणमा छुनेगरी दोस्रो धम्कीपूर्ण व्यवहार थियो यो ।

तेश्रोः छुट्टी मनाउन बेलायत घुम्न गएका विजय लामाको दम्पतीलाई युद्ध अपराधको कसुरमा गिरफ्तार लिएर दुई वर्षको कारावासको सजाय सुनायो, यो पनि प्रचण्डलाई तर्साउने हतियार थियो ।

चौथोः आफ्नै पार्टीको सरकारको प्रवक्तासमेतको जिम्मेवारी बोकेका सूचना तथा सञ्चारमन्त्री, गोकुल बास्कोटाले एउटा औपचारिक कार्यक्रममा नै बोले “एमसीसी पास मात्र नगरोस् त… सुलेमानी बनाइन्छ सुलेमानी…!” जस्ता शब्दमा दिनदहाडै धम्की दिन्छन् भने यो सानोतिनो होइन, घाँटीसम्म पुग्ने धम्की थियो ।

अमेरिकी इतिहासलाई नजिकबाट चिन्नेहरू सबैलाई थाहा छ, अमेरिकी स्वार्थमा तनिक मात्र धक्का लाग्ने बित्तिकै सद्दाम हुसेन कसरी मारिएका थिए ? बिन लादेन कसरी मारिएका थिए ? समाजवादी सत्ताको खोइरो खन्न धर्म, जाति, आदिको सङ्कीर्णता जगाउँदै उठाइएका सैयौं युद्ध सरदारहरू कसरी मारिए ? सबैलाई थाहा छ त्यसैले प्रचण्डमाथिको यो घेराबन्दीपूर्ण धम्कीलाई आम मुक्तिकामीहरुले सामान्य अर्थमा मात्र लियौँ भने अथवा कुनै न कुनै ढङ्गले न्यूनीकरण नजरअन्दाज गर्दा नेपाली क्रान्तिले पूरा गर्न नसकेको वा पूरा गर्न बाँकी कार्यभार अपुरो रहनेमात्र होइन त्यो प्रतिक्रान्तिमा अत्यधिक द्रुत गतिमा जाने निश्चित छ । भर्खरै देहावसान भएका क. गोञ्जालोको गिरफ्तारीपछि पेरुको क्रान्तिले कुन दुर्दशा भोग्नुप¥यो ? जितको मुखैमा पुगिसकेको तमिल टाईगर्स भेल्लुपिलाई प्रभाकरणको हत्यापछि त्यहाँको आन्दोलन कहाँ पुग्यो ? १९६०को दशकमा करिब आधा भारत कब्जा गरिसकेको नक्सलवादी आन्दोलनका नेता क. चारुमजुम्दारको गिरफ्तारीपछि त्यहाँको आन्दोलन कहाँ पुग्यो ? झारखण्ड आन्दोलन, नागाल्याण्ड आन्दोलन लगायत विश्वका कैयौँ त्यस्ता आन्दोलनहरू छन् जसको नेताको गिरफ्तारी या हत्यापछि जितको नजिक गरिसकेपछिको आन्दोलनले धराशायी बन्नुपरेको यथार्थ हाम्रोसामु छ त्यसैले विश्वभरिका प्रतिकृयावादीहरुको मूल ध्यान प्रचण्ड डा. बाबुराम भट्टराई लाई कुनै न कुनै फण्डामा फसाउन, गिरफ्तार गर्न वा मार्न पाइएमा यहाँ भएका सबै प्रकारका उपलब्धिहरू उल्टाउन पाउने आशामा ¥याल काढ्दैछन् ।

-श्रीराम खाईजु

(भक्तपुर)

धन्यवाद २०७८–०५–३१


प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको