अवैध चिनी बरामद 

नवलपरासी पश्चिम, २६ कार्तिक । नवलपरासी पश्चिममा पाँच लाख बराबरको अवैध चिनी प्रहरीले बरामद गरेको छ । प्रतापपुर गाउँपालिका वडा नं ५ धर्मौलि स्थित भारतबाट अवैध रूपमा ल्याइएको १२५ बोरा चिनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट गुठी परसौनी र इलाका प्रहरी कार्यालय बेलाटारीको संयुक्त गस्ती टोलीले बेवास्ता अवस्थामा रहेको उक्त चिनी नियन्त्रणमा लिएर भन्सार पठाएको सशस्त्र प्रहरी नेपाल गण नं २६ का सुचना अधिकारी केशवराज थापाले बताए ।

बरामद गरिएको चिनीको मूल्य लगभग पाँच लाख रहेको छ । सुरक्षाकर्मीहरू प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सुरक्षामा खटिएका बेला तस्करहरूले त्यसको फाइदा उठाउँदै खुलेयाम तस्करी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको