कामना सेवाको १६ औँ वार्षिकोत्सव सप्ताहको दोस्रो दिन, विभिन्न क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न

परासी, २२ कार्तिक । बैंकका आफ्ना ग्राहकहरु माझ पहिलो रोजाइको राष्ट्रिय स्तरको विकास बैंक बन्ने दृढ सङ्कल्पका साथ सुरु भएको यस बैंकले हालसम्म सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी विकास बैंक बन्दै १६ औँ वार्षिक उत्सव मनाएको छ ।

बैंकको प्रादेशिक कार्यालय बुटवल अन्तरगत रहेको परासी शाखाले रामग्राम नगरपालिका भित्रका विभिन्न मन्दिर तथा सडक क्षेत्रमा आज बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। शाखा कार्यालय परासीद्धारा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, स्थानीयवासी तथा नेपाल प्रहरीको उपस्थिति थियो।

त्यसैगरी “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मूल नाराका साथ अगाडी बढेको बैंकले आज आफ्नो १६ औँ वार्षिक उत्सवको दोस्रो दिन देशभरी छरिएर रहेका विभिन्न शाखाहरूबाट पनि विभिन्न क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको