माधव नेपालले आफूले एमाले छाडेको औचित्य पुष्टि गर्न नसकेको बिश्वकर्माकाे भनाई

परासी, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जसरी पनि नेकपा एमालेलाई धराशायी र विखण्डन गरी नेपालको कम्युनिष्ट आन्दोलनलाई नै क्षेदविक्षेद बनाउने काममा माधव नेपाल लागेको आरोप लगाएका छन् । उनले नेकपा (एमाले) नवलपरासी पश्चिमले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै विश्वकर्माले माधव नेपालले आफूले सम्मान नपाएका कारण कम्युनिष्ट आन्दोलनलाई नै सिध्याउन कसम खाएर नलागेको भए बिपक्षी दलको नेतालाई राष्ट्र प्रमुख बनाउने खेलमा गठबन्धन बनाएर लाग्नुको कुनै अर्थ नरहेको बताए ।

माधव नेपालले कम्युनिष्ट आन्दोलनमा डाक्टर केसरजंग रायमाझीले भन्दा पनि जघन्य अपराध गरेको उनले  बताए । नेकपा (एमाले ) का नेता तथा पूर्वमन्त्री विश्वकर्माले माधव नेपालले अहिले सम्म पनि आफूले एमाले छाडेको औचित्य पुस्टी गर्न समेत नसकेको बताउँदै नेपालले अहिले गरेको अपराध दिन, प्रति दिन खुल्दै जाने बताए । एमालेलाई गठबन्धन बनाएर समाप्त पार्न खोजिएको भए पनि अहिले पनि नेपालको राजनीति एमालेको वरिपरि घुमिरहेको र एमाले बिना देश अगाडी बढ्ने नसक्ने विश्वकर्माले दाबी गरे ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा नवलपरासी इन्चार्ज बैजनाथ चौधरीले नेकपा (एमाले) को सरकारले तिन वर्षका गरेको विकासको काम कसैले गर्न नसक्ने बताउँदै एमालेले गरेको विकासको काम  जनताले देखेको बताए । लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका चौधरीले एमालेको प्रदेश सरकारले नवलपरासीमा मात्र नभएर प्रदेशमा उत्कृष्ट काम गरेको र नवलपरासीमा विगत ५० वर्षसम्म हुन नसकेको काम नेकपा एमाले नेतृत्वको सरकारले गरेको दाबी समेत गरे ।

नेकपा (एमाले ) जिल्ला संयोजक तुल्सि पासीको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा  नेकपा (एमाले) का केन्द्रीय सदस्य दधिराम न्यौपाने, राष्ट्रिय सभा सदस्य राम लखन हरिजन, प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी, भगवती भण्डारी ज्येष्ट कम्युनिष्ट मञ्चका खीमलाल पोखरेल , एमाले उप संयोजक डोलराज भण्डारी, जिल्ला सचिव थान प्रसाद गैरै, जिल्ला कमिटी सदस्य तथा बर्दघाट नगरप्रमुख धिरज शर्मा, एमाले नेता राजु हरिजन लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको