राष्ट्रिय बालदिवस २०७८ को अवसरमा कविता प्रतियोगितामा सम्पन्न 

- महाकवि देवकोटा मा.वि. सुनवलकी सरिन भण्डारी प्रथम 

परासी, २९ भदौ । राष्ट्रिय बालदिवस २०७८ को अवसरमा जिल्ला स्तरीय मा.वि. तह कविता प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बाल सङ्गठनको आयोजनामा जिल्ला स्तरीय मा.वि. तह कविता प्रतियोगिता सम्पन्न भएको हो ।

सामान्य अवस्था र कोभिड महामारी बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी नाराको साथ उक्त प्रतियोगिता आयोजना गरिएको सङ्गठन जिल्ला सभापति पृत्तम पौडेलले बताए । प्रतियोगिता कोरोना संक्रमण र बालबालिकाको भोगाई विषयमा विद्यार्थीहरू कविता वाचन गरेका थिए । कविता प्रतियोगितामा प्रथम हुने महाकवि देवकोटा मा.वि. सुनवलकी सरिन भण्डारी, द्वितीय: अन्नपूर्ण सेकेन्डरी स्कुल सुनवलकी रिषा भट्टराई र तृतीय राजमहात्मा पूर्ण भद्र मा.वि. बर्दघाटकी आरती पाण्डे तृतीय भएको बाल सङ्गठनका जिल्ला सदस्य शर्मिला पौडेलले जानकारी दिइन । प्रथम हुनेलाई पाँचहजार, प्रमाणपत्र शिल्ड, द्वितीय तीन हजार संगै प्रमाणपत्र शिल्ड र तृतीयलाई दुईहजार प्रमाणपत्र शिल्ड पुरस्कार बितरण गरिएको सङ्गठनका सचिव मोहन पौडेलले जानकारी दिए । जिल्ला स्तरीय मावि तह कविता प्रतियोगितामा जिल्लाका १३ मा.वि. तहका विद्यालयबाट विद्यार्थीहरूकाे सहभागिता रहेको सचिव पौडेलले बताए ।

नेपाल बाल सङ्गठनका सभापति पृतम पौडेलको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय प्रमुखको आतिथ्यतामा जिल्ला स्तरीय मावि तह कविता प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको