आज यी कम्पनीको कारोबार सर्वाधिक, मनकामना स्र्माट लघुवित्तको शेयरमुल्यमा उच्च वृद्धि

काठमाडौं, २९ भदौ । शेयर बजारमा आज ५ अर्ब बढीको कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको हो । कम्पनीको आज २७ करोड ३ लाख बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

यसैगरी, नेप्सेको अनुसार आज रैराङ हाइड्रोपावर कम्पनीको २२ करोड ७९ लाख बढीको कारोबार भएको छ । त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड ३४ लाख, एनआइसी एसिया बैंकको १५ करोड ७३ लाख, नेशनल हाइड्रोपावर कम्पनीको ११ करोड ८७ लाख बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मनकामना स्र्माट लघुवित्तको शेयरमुल्य बढेको छ । कम्पनीको १० प्रतिशतका दरले शेयरमुल्य बढेको हो । त्यस्तै, सानिमा लाइफ इनस्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशत, रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ०४ प्रतिशतका दरले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको