ललितपुरका विद्यालयले भौतिक रूपमा संचालन गर्न आफैले निर्णय गर्न सक्ने

ललितपुर, २९ भदौ । ललितपुर महानगरपालिकाले विद्यालय संचालन गर्ने जिम्मेवारी विद्यालयलाई दिने भएको छ । महानगरीय शिक्षा समितिको सोमबार बसेको बैठकले आगामी असोज १ गतेदेखि भौतिक रूपमा विद्यालय संचालन गर्ने जिम्मेवारी विद्यालयलाई दिने निर्णय गरेको हो ।

महानगरले नेपाल सरकारबाट स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी, विद्यालय संचालन सम्बन्धी कार्यढाचा, २०७७ ले निर्धारण गरेका सबै प्रक्रियाहरू अवलम्बन गर्दै असोज १ गतेबाट पठनपाठन गराउन आग्रह छ । पठन पाठन सम्बन्धी कार्य संचालन गर्न विद्यालयहरूलाई जिम्मवारी प्रदान गरेको महानगरले जनाएको छ ।

विद्यालय संचालन गर्नुपुर्व पुर्वतयारी गरी अनिवार्य रूपमा कार्यढाँचा अन्सार अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूलाई अभिमुखीकरण गराउन समेत महानगरले निर्देशन विद्यालयलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको