नेप्सेद्वारा एनआइसी एसिया बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं, २९ भदौ । एनआइसी एसिया बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले सूचीकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सोमबार सूचीकृत भएको हो ।

आजदेखि ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुले हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको