कन्सुलट कार्डस् एग्रिकल्चर ईन्डष्ट्रिज पहलमा जिल्लामा तीन वटा स्थानीयतहका अति प्रभावित बाढी पीडितहरूलाई आर्थिक सहयोग हस्तान्तरण

परासी, २८ भदौ । पश्चिम नवलपरासीका अति प्रभावित बाढी पीडितहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । कन्सुलट कार्डस् एग्रिकल्चर ईन्डष्ट्रिज नवलपरासीको पहलमा जिल्लामा तीन वटा स्थानीय तहका अति प्रभावित बाढी पीडितहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

सुनवल नगरपालिका रामग्राम नगरपालिका,र बर्दघाट नगरपालिकामा विभिन्न वडामा  अति प्रभावित बाढी पीडितहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको संस्थाका व्यवस्थापक प्रतिमा कार्कीले जानकारी दिइन । कार्डस्र एग्रिकल्चर ईनडष्ट्रिज का सल्लाहकार एवं रेडियो दाउन्ने का कार्यकारी निर्देशक रामजी लौडारीको संयोजकत्वमा बर्दघाट नगरपालिका वार्ड नंं. १४ का ४ घर परिवार रामग्राम वडा नं. ६ का १९ घर परिवार र सुनवल न.पा वडा नंं. ४,१० र १२ का १५ घर परिवारलाई नगद सहयोग गरिएको उनले बताइन।

उक्त राहत रकम बैदेशिक रोजगारीको क्रममा कतारमा रहेका कार्डस् एग्रिकल्चर ईनडष्ट्रिज का अध्यक्ष मोहन कार्की ,ईन्डष्ट्रिजका महासचिव एवं कतार नवलपरासी सेवा समाजका अध्यक्ष सजन लौडारी र नेप्लीज ब्रदर्स रुमको संयुक्त पहलमा सङ्कलित रकम हस्तान्तरण गरिएको रामजी लौडारीले जानकारी दिए  । सो रमा हस्तान्तरण कार्यक्रममा सम्बन्धित  वार्डका वार्ड अध्यक्ष जन प्रतिनिधि कार्डस्र शाखा सुनवलका व्यवस्थापक प्रतिभा कार्की प्रभावित परिवार पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको