क्याट्रिना र विक्कीको परिवार के भन्छन्

एजेन्सी, २८ भदौ । बलिउडकी चर्चित अभिनेत्री क्याट्रिना कैफ र विक्की कौशलको अफेयरले लामो समय चर्चा पायो । उनीहरूको विवाहको समाचारले पनि केही दिन यता स्थान पाइरहेको छ । तर यो समाचारमा कुनै सत्यता नभएको विक्कीका परिवार बत्ताउँछन् ।

एक अन्तर्वार्ताको क्रममा सनी कौशलले भने, ‘मलाई याद छ विक्की त्यो बिहान जिम गएका थिए घरमा विवाहको हल्ला फैलिन थाल्यो।जबउनी जिम बाट घर फर्के, आमा र बुबाले मजाकमा सोध्नुभयो, तिम्रो विवाह रे त, हामीलाई मिठाई खुवाउनु पर्‍यो ।’ यो कुरा कसरी आयो मलाई केही थाहा छैन भन्दै विक्की नै अलमलमा परेको उनले सुनाए ।

विक्की र क्याट्रिना कैफ पछिल्लो समय एक अर्कासँग क्वालिटी टाइम बिताइरहेको देखिन्छ । भर्खरै मात्र उनीहरू सँगै छुट्टी मनाएका थिए । यद्यपी आजसम्म आफ्नो सम्बन्धको बारेमा आधिकारिक रूपले उनीहरूले जानकारी दिएका छैनन् ।

विक्की कौशल चाँडै नै सरदार उद्यम सिंहको बायोपिक, अश्रत्थमा, तख्त र सैम बहादुरमा देखिने भएका छन् । क्याट्रिना अहिले सलमान खानको साथमा टाइगर–३ मा सुटिङमा व्यस्त छिन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको