विद्यार्थी नेता अधिकारी बन्दिपुर सचिवको तयारीमा

तनहुँ, २८ भदौ । नेपाल विद्यार्थी संघका नेता सुवास अधिकारी बन्दिपुर गाउँ कार्य समितिको पार्टी सचिव पदका लागि मैदानमा उत्रिएका छन् ।

बन्दिपुर वडा–४ मा भारी मतले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका अधिकारी विगत १० वर्षदेखि त्रिचन्द्र कलेजबाट ने.वि संघको राजनीति गर्दै आएका छन् ।

नेपाली काँग्रेसको १४औँ महाअधिवेशन अन्तरगत तनहुँमा वडा अधिवेशन सम्पन्न भैसकेको छ । त्रिचन्द्र कलेजबाट ने.वि संघको राजनीति गर्दै आएका अधिकारी पटक–पटक स्ववियूमा सचिव देखि सभापति सम्मको प्रवल दाबेदारको रूपमा चिनिन्छन् ।

अधिकारीले विगत १५ बर्ष सम्मपनि स्ववियूको चुनाव हुन नसक्दा विद्यार्थी राजनीतिबाट स्थापित हुनबाट वञ्चित हुन परेको र अब पार्टीको राजनीतिमा केन्द्रित हुने भन्दै तनहुँ, वन्दिपुर गाउँ कार्य समितिको पार्टी सचिव पदका लागि मैदानमा उत्रिएको बताए । अग्रज व्यक्तित्वलाई सम्मान, असक्षम र असफल नेतृत्वलाई विश्राम र आधुनिक एवं सर्वश्रेष्ठ नेपाली काँग्रेस निर्माणको महाअभियानमा सबैलाई सहयोग गर्न आह्वान गर्दै आफू मैदानमा उत्रिएको नेता अधिकारीले जिकिर गरे ।

स्थानीय तहमा अग्रज नेताहरूमाथि अराजनीतिक व्यक्तिहरूले गरेको अपमान र नेता कार्यकर्ताले पनि योगदानको मूल्याङ्कन गर्न नसकेको प्रति असन्तुष्टि व्यक्त गरे । उनले नेपाली काङ्ग्रेसले बिपीको लोकतान्त्रिक समाजवादलाई तिलाञ्जली  दिँदै गएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको