अब सानिमा बैंकका ग्राहकले किस्तामा सामसुङको फोन किन्न पाउने

काठमाडौं, २८ भदौ । अब सामसुङको फ्लायगसिप स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा सानिमा बैंकका ग्राहकले खरिद गर्न पाउने भएका छन् । बैंक र नेपालमा सामसुङको आधिकारिक विक्रेता रहेको आइएमएस नेपालबिच आज सम्झौता भएको हो ।

बैंकको अनुसार सानिमा बैंकका ग्राहकहरूले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्टफानहरु जेड फोल्ड थ्रि र जेड फिल्प थ्रि शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयअवधिका लागि प्रि–बुकिङ्ग गर्न सक्नेछन् । ग्राहकहरूले यस प्रि–बुकिङ्ममा आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् ।

भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त फोनको लन्च असोज ६ गते हुनेछ । यस प्रि–बुकिङ्ग आइएमएस  स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेकट्रोनिक्सको नेपालभर रहेको आधिकारीका आउटलेबाट गर्न सकिने जनाइएको छ ।
बैंकका ग्राहकले सानिमाको क्रेडिट कार्डको लागि यस लिंक मार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटिएम सञ्चालनमा रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको