माछापुच्छ्रे बैंकले ल्यायो अनलाइन डिम्याट खाता खोल्न सकिने सेवा

काठमाडौं, २८ भदौ । ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा थप गरेको छ । बैंकको अनुसार ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो ।

ग्राहकले अनलाइर्न मार्फत डिम्याट खाता खोल्न बैंकको वेबसाइटमा रहेको अप्लाइ नाउ सेक्सनमा गई वा सिधै लिंक प्रयोग गरेर सहजै अनलाइनबाट डिम्याट खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

साथै माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकहरूले बैंकमा नगई सिधै डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने माछापुच्छ्रे बैंक बाहेक अन्य बैंकमा बैंक खाता रहेका ग्राहकहरूले अनलाइन मार्फत डिम्याट खाता खोल्ने प्रक्रिया पूरा गरिसकेपछि एकपटक आफूलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखा कार्यालयमा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भएपश्चात् डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।

कोरोना महामारीको जोखिम कायमै रहिरहेको समयमा, कोरोना संक्रमणबाट बच्न र यसलाई समुदायमा फैलिन नदिन साथै देशका जुनसुकै स्थानबाट समेत सजिल्यै डिम्याट खाता खोली सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको