७१ अंकले बढ्यो नेप्से,अरुण भ्यालीको कारोबार सर्वाधिक

काठमाडौं, २७ भदौ । साताको कारोबारको पहिलो दिन आज नेप्से भारी अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ७१ दशमलव ४३ अंकले बढेर २९ सय ४७ दशमलव ४२ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ३ अंकले बढेर ५४८ दशमलव २९ विन्दुमा रोकिएको हो ।

आज नेप्सेको अनुसार २३१ कम्पनीको अनुसार ९६ हजार ५ सय ९१ पटक कारोबार भएर ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रुपैयाँ बराबरको १ करोड ७१ लाख ३ सय ३३ कित्ता शेयर खरिद बिक्रि भएको हो । नेप्सेमा आज हरियाली छाएको छ  म्युच्युअल फण्डबाहेक अन्य समूहको सूचक बढेको हो ।

नेप्से आज ७१ अंकले बढ्दा ९ अर्ब बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले जनाएको छ । कम्पनीको आज ७३ करोड ७७ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावरको आज ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, अपि पावर कम्पनीको ३१ करोड ५१ लाख, नेशनल हाइड्रोपावर कम्पनीको २९ करोड ३४ लाख, अपर तामाकोशीको २५ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको