बौद्धबाट ७ जना जुवाडे पक्राउ

काठमाडौं, २७ भदौ । तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका ४ माकलबारीस्थित टहरामा तास खेलिरहेको अवस्थामा सोही टहरामा होटल संचालन गरी बस्ने खोटाङ घर भएकी ३५ बर्सिया लता राई समेत ७ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उक्त टहरामा राईले जुवातास खेलाईरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ६ सय ८५ रुपैयाँ र १ बुक तास सहित फेला पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको