महालक्ष्मी बैंकले संस्थापक शेयर विक्री गर्ने

काठमाडौं, २७ भदौ । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आफ्नो संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको ४ लाख १० हजार १३३ कित्ता शेयर विक्री गर्नका लागि बोर्डमा निवेदन दिएको जनाएको छ ।

बैंकको निर्देशिका अनुसार पहिलो प्राथमिकता संस्थापक सेयर धनीलाई नै दिनुपर्ने भएको शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालय दरबार मार्गमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

उक्त अवधिमा शेयर खरिदका लागि संस्थापक शेयरधनीको आवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्यलाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको