बैरिष्टो, वक्स र देविड मलान आईपीएलबाट नाम फिर्ता लिनुभयो

काठमाडौँ, २६ भदौ। इंग्ल्याण्डका तीन जना क्रिकेटरले इन्डियन प्रिमियर लिग(आईपीएल)बाट नाम फिर्ता लिनुभएको छ । गत मई महिनामा कोरोना भाइरसबाट खेलाडी तथा अधिकारी सङ्क्रमित हुन थालेपछि प्रिमियर लिग स्थगित हुन पुगेको थियो । लिगको बाँकी खेल अब सेप्टेम्बर १९ बाट सुरु हुँदैछ । प्रतियोगिता अब यूनाइटेड अरब एमिरेट्समा हुँदैछ ।

जोस बटलर, बेन्न स्टक्स र जोफ्रा आर्चर यसअघि नै लिग नखेल्ने बताइसक्नुभएको छ । कप्तान इयन मोर्गनसहित नौ जना इंग्ल्याण्डका खेलाडीले भने अझै लिग खेल्ने निर्णयमा अडिग रहनुभएको छ । बैरिष्टो, वक्स र मलान तीनैजनाले शुक्रबारका लागि निर्धारित भारत विरुद्धको

पाँचौँ तथा अन्तिम टेष्ट खेल्ने टोलीमा हुनुहुन्थ्यो । तीनैजना फिट देखिएपनि अचानक लिगबाट नाम फिर्ता लिनुभएको छ ।
विकेटकीपर ब्याट्सम्यान जोनी बैरिष्टिो हैदराबाद, अलराउन्डर क्रिस वक्स देल्ही क्यापिटल्स र मलानले पञ्जाब किंग्स्को प्रतिनिधित्व गर्नुहुन्छ। मलान टी ट्वान्टीको विश्व वरीयताको शीर्ष स्थानमा हुनुहुन्छ । गोरखापत्र

प्रतिक्रिया दिनुहोस्
धेरै पढिएको